Tel +977-1-4432270
27
Mansir
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
46385/-

TEJABI GOLD
per 10 grm

Nrs
46130/-

SILVER
per 10 grm

Nrs
613/-

FINE GOLD (9999)
per 1 tola

Nrs
54100/-

TEJABI GOLD
per 1 tola

Nrs
53800/-

SILVER
per 1 tola

Nrs
715/-

73.11.01 till 74.10.30
started from 73-11-18 till 74-11-17
73/9/7 to 74/9/6

Notices:

Recent News

Gems and Jewellery Expo 2016

Posted: 27 May, 2016



Gems and Jewellery Expo 2016
‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो’ सम्पन्न
फेनेगोसिडा÷काठमाडौ । 
‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६’ जेठ १० गते शोमवार सम्पन्न भएको छ । जेठ ७ गते शुक्रवारदेखि काठमाडौको याक एण्ड यति होटलमा एक्स्पो आयोजना भएको थियो । सुनचाँदीको गरगहनालाई राष्ट्रिय तथा अनतर्राष्ट्रियरुपमा प्रवद्र्धनगर्दै यसको निकासी एवं बजार विस्तारमा सहयोग पु¥याउने मुख्य उद्धेश्यले एक्स्पो आयोजना गरिएको हो । 
एक्स्पो आयोजनाको लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको संयोजकत्व एवं नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणि रत्न शाक्यको सह–संयोजकत्वमा एक्स्पो मूल आयोजक समिति र विभिन्न विषयगत समितिहरु गठन गरिएको थियो ।  मुलुकको ज्वेलरी क्षेत्रमा निजीक्षेत्रका नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा प्रवद्र्धित ‘नेपाल जेम एण्ड ज्वेलरी काउन्सील’ को तत्वावधानमा ७ – ९ जेठ एक्स्पो आयोजना भएको हो । 
५९ वटा स्टलहरु रहेको एक्स्पोमा मुलुक भरका प्रतिनिधि गरगहना व्यवसायीहरुका साथै विभिन्न मुलुकका ज्वेलर्सहरु पनि सहभागी भएको एक्स्पो आयोजक समितिका संयोजक महर्जनले वताए । एक्स्पोमा सहभागिता एवं सहयोगका लागि मुलुकभरका गरगहना व्यवसायीहरुका प्रतिनिधिमूलक महासंघ, संघहरुलाई आव्हान गरिएको थियो ।  
मेला संयोजक महर्जनका अनुसार एक्स्पोमा अन्तर्राष्ट्रिय क्षेत्रवाट भारत, चीन, थाइल्याण्ड, श्रीलंका, म्यानमार, अष्ट्रेलिया, अमेरिका, जापान, सम्पूर्ण सार्क राष्ट्रहरु र युरोपियन राष्ट्रहरुको समेत सहभागता रह्यो । एक्स्पोको बारेमा एसिया मुलुकहरु लगायतका विभिन्न मुलुकहरुबाट चासो राख्दै सहभागी हुने इच्छा व्यक्त भएकोले पनि महासंघलाई थप उत्साहित तुल्याएको महर्जनले वताए । 
एक्स्पोमा अधिकतम सहभागिता जुटाउन र यथासक्य थप प्रभावकारी तुल्याउन बिदेश स्थित नेपाली कुटनीतिक नियोग, गैर आवासी नेपाली संघका साथै नेपाल स्थित विदेशी कुटनीतिक एवं सहयोग, नियोगहरुसंग पनि पत्राचार र समन्वयका लागि अनुरोध गरिएको उनले वताए । एक्स्पो मार्फत नेपाली आभुषण क्षेत्रको मौलिकता, विशिष्टता, क्षमता र संभावनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सबल रुपमा उजागर गर्न अझ सहज होस् भन्ने अभिप्रायले सरकारी, अर्ध सरकारी र निजी क्षेत्रका सम्बन्धित संपूर्ण संस्था एवं निकायसंग सह–कार्य र समन्वय गरिएको थियो । 
आयोजक समितिका सह–संयोजक शाक्यले मेलाको समष्टिगत उद्देश्यमा नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरमा उजागर गर्ने, मुलुकका विभिन्न क्षेत्र र स्थानमा प्रचलित मौलिक एवं परंपरागत आभुषणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने, बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर आदि स्वदेशी कच्चा पदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगको संभावनालाई स्पष्ट पारी आन्तरिक तथा वाह्य प्रविधि एवं पूंजीलाई आकर्षित गर्ने, आभुषण उद्यम, व्यवसायमा आन्तरिक तथा बाह्य प्रविधि र पूंजीलाई आकर्षित गरी रोजगारी, निर्यात प्रवद्र्धन र राजश्व अभिबृद्धि आदि कार्यमा थप टेवा पु¥याउने रहेको वताए । यस वाहेक नेपालको मौलिक शीप, कला आदिका साथै आधुनिक अवस्थासम्मको विकास र क्षमतालाई एकै थलोमा प्रदर्शन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको बिद्यमान अवस्था र विकासक्रमबारे नेपाली गहना व्यवसायी एवं आम उपभोक्ताहरुलाई अवगत गराउने, नेपाली र बाह्य आभुषण व्यवसायीहरु बीच व्यापारिक सम्बन्ध विस्तारका लागि अवसर जुटाउने उद्धेश्यपनि एक्स्पोको रहेको शाक्यले वताए ।  
सह–संयोजक शाक्यका अनुसार एक्स्पोको मुख्य आकर्षणकारुपमा परंपरागतका साथै आधुनिक नेपाली गरगहनाहरुको प्रदर्शनी, नेपालमा उपलब्ध रत्न तथा पत्थरहरुको जानकारीमूलक प्रस्तुती र प्रदर्शनी विभिन्न मुलुकका आभुषणहरुको प्रदर्शनी, व्यापारिक एवं व्यावसायिक छलफल, बैठक सेमिनार तथा गोष्ठी,  रत्न तथा पत्थर प्रशोधन, आभुषणको गुणस्तर परीक्षण बारे कार्यशाला, परंपरागत तथा आधुनिक अन्तर्राष्ट्रिय आभुषणको ‘फेशन शो’ संचालन आदि रहे । 
नेपालमा आभुषण क्षेत्रलाई बृहत उद्यम, व्यवसायको स्तरमा रुपान्तरण गरी रोजगारी, निर्यात प्रवद्र्धन एवं राजश्वमा उल्लेखनीय योगदान गर्न सकिने प्रबल संभावना छ । हालसम्म यस व्यवसायमा अर्बौंको लगानी भईसकेको छ । लाखौंलाई रोजगारी दिनुका साथै राजश्वमा अर्बौं योगदान गरिरहेको यस क्षेत्रमा ठोस कार्य हुन नसक्दा आयातमुखी एवं उपभोगमुखी हुन पुगेको छ । तसर्थ आयातित कच्चा पदार्थ माथिको अधिक निर्भरताको सट्टा स्वदेशी कच्चा पदार्थको प्रशोधन र प्रयोग गरी अर्थतन्त्रमा बढी भन्दा बढी मूल्य अभिबृद्धि हुनुपर्दछ भन्ने सोच र अवधारणाका साथ निजी क्षेत्रबाट संगठित रुपमा विभिन्न प्रयासहरु हुदै आएको सन्दर्भमा त्यसैको एउटा महत्वपूर्ण कडीको रुपमा एक्स्पोलाई प्रस्तुत गरियो ।  
एक्स्पोमा व्यापार तथा निर्यात प्रबद्र्धन वmेन्द्र एवं नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स आदि मुलुकका निजि क्षेत्रका छाता संगठनहरुको सहयोग र समर्थन रहेको थियो ।