Tel +977-1-4432270
17
Baisakh
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47070/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
0000/-

SILVER
per 10 grm

Nrs
660/-

FINE GOLD (9999)
per 1 tola

Nrs
54900/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
0000/-

SILVER
per 1 tola

Nrs
770/-

73.11.01 till 74.10.30
73/9/7 to 74/9/6
started from 73-11-18 till 74-11-17

Notices:

Recent News

सुनचाँदी व्यवसायीको राष्ट्रिय सम्मेलन काठमाडौंमा व्यवसायिक अनुगमन तथा नियमन निर्देशिकामाथि छलफल

Posted: 30 January, 2017



सुनचाँदी व्यवसायीको राष्ट्रिय सम्मेलन काठमाडौंमा व्यवसायिक अनुगमन तथा नियमन निर्देशिकामाथि छलफल
काठमाडौं, १७ माघ
मुलुकभरका सुनचाँदी व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शोमवार काठमाडौंमा सम्पन्न भएको छ । व्यवसायिक अनुगमन तथा नियमन निर्देशिकामाथिको छलफलमा केन्द्रित रहेको सो सम्ेलनको उद्घाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहोराले सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक हुनुपर्ने आवश्यकता औंल्याए ।  
सुनचाँदी संबन्धी निर्देशिका नभएका कारण बजार अनुगमनमा समस्या परेको भन्दै निर्देशिकाले सुन बजारलाई मर्यादित र अनुशासित बनाउने मन्त्री बोहोराले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघको संयुक्त आयोजनामा भएको ‘बहुमुल्य गहनाको उत्पादन, कारोबार तथा अनुगमन निर्देशिका मस्यौदा’बारे सुझाव तयार गर्न आयोजित राष्ट्रिय संमेलनको उद्घाटन गर्दै मन्त्री बोहोराले यस्तो बताएका हुन् । 
मन्त्री बाहोराले उपभोक्ता ऐनको मस्यौदामा सुनमा कालो बजारी गर्ने तथा मिसावट गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको भन्दै यसतर्फ सजग र सचेत रहन व्यवसायीहरुलाई आग्रह गरे । ऐनले कड प्रावधान समेटेकोले गल्ति नै नगर्न उनले सम्वद्ध सवैलाई सुझाएका हुन् । 
सुनचादी बजार व्यवस्थित र मर्यादित बनाउन निर्देशिका अपरिहार्य भएकाले सो निर्देशिका छिट्टै आउने बताए । तर निर्देशिका जारी हुँदा उपभोक्ताका हकहितलाई ध्यानमा राखिने मन्त्री बोहोराको भनाई थियो । अहिले बजारमा सुनको अभाव देखिएकाले कोटा वृद्धि गर्नेमा उनी सकारात्म देखिए । त्यस्तै सुनचाँदकिो निकासी पैठारीमा देखिएका समस्या समाधानका लागि पनि सरकार तयार रहेको बोहोराले बताए । 
सो कार्यक्रममा बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बैंकहरको सुन खरिदको प्रकृयालाई सहज बनाउने बताए । व्यवसायीहरुले बैंकको सुन खरिद प्रकृया झण्झटिलो भन्दै आइरहेका बेला सबै सरोकारवालाहरुसंग छलफल गरी वितरण प्रणाली सहज बनाउने अध्यक्ष शाहको भनाई थियो । त्यस्तै कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सधैँजसो बजारमा सुनको अभाव हुने भएकाले यथासिघ्र कोटा वृद्धि गर्नुपर्ने बताए । बजारमा सुनको अभाव भएका कारण व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको भन्दै कोटा वृद्धि गर्नुपर्ने अध्यक्ष सुनारले माग गरे । मुलुक प्रान्तिय प्रणलीमा गएपनि सुनको वितरण प्रणाली भने केन्द्रीकृत भएकोप्रति असन्तुष्टी व्यक्त गरे । 
कार्यक्रममा रत्न तथा आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनले सुनचाँदीको मापदण्ड सम्वन्धी मस्यौदाको कार्यपत्र प्रश्तुत गर्दै उपभोक्ता र व्यवसायी कसैलाई पनि अप्ठ्यारो नपर्नेगरी मापदण्ड वनाउन आवश्यक रहेको वताए । उनले यसकालागि सरकारसँग छलफल भैरहेको र छिट्टै मापदण्ड वन्ने वातावरण वन्दै गएको कार्यक्रममा जानकारी गराए ।
कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले मापदण्डसम्वन्धी अधिकांस वुँदामा छलफल भैकेको र उपभोक्ताको हक अधिकार सुनिश्चित हुनेगरी यसलाई निर्म०ा गरिने वताए । त्यसक्रममा नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले तीन बर्षदेखि मापदण्डको बिषय चलिरहेको उल्लेख गर्दै यसलाई सिघ्र टुङग्याउन मन्त्री वोहरासँग आग्रह गरे । 
छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष ज्ञानुराज शाक्य, उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष मोहनकाजी शाक्य, उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य, सचिव किरण्ढाभाई वज्राचार्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, विशिष्ट सदस्य तेजरत्न शाक्य लगायतका मुलुकभरका ब्यवसायीहरुले मापदण्डका बिषयमा आ आफ्नो भनाई राखेका थिए । सुनचाँदी व्यवसायीहरुले विगत तीन बर्षदेखि यो राग राख्दै आएका छन् ।