Tel +977-1-4432270
12
Jestha
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
46895/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
0000/-

SILVER
per 10 grm

Nrs
660/-

FINE GOLD (9999)
per 1 tola

Nrs
54700/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
0000/-

SILVER
per 1 tola

Nrs
770/-

started from 73-11-18 till 74-11-17
73.11.01 till 74.10.30
73/9/7 to 74/9/6

Notices:

Recent News

4th Anniversari of FEnegosida

Posted: 03 March, 2017



4th Anniversari of FEnegosida
सुनचाँदी व्यवसायी महासंघको चौथो स्थापना दीवस सम्पन्न
व्यवसायिहरुद्धारा व्यवसायिक एकता र शान्ति सुरक्षामा जोड
काठमाडौं, २० फागुन
नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो स्थापना दिवस शुक्रवार विभिन्न कार्यक्रमकासाथ सम्पन्न भएको छ । महासंघको केन्द्रिय कार्यालयमा नक्साल, काठमाडौंमा सम्पन्न भएको स्थापना दिवस समारोहमा महासंघको स्थापनादेखि हालसम्म भएका विभिन्न गतिविधीको वारेमा प्रकाश पारिएको थियो । 
कार्यक्रममा महासंघका अध्यक्ष मोहक कुमार सुनारले सुनचाँदी व्यवसायी महासंघको स्थापनादेखि हालसम्मको अवधिमा भएका विभिन्न गतिविधिहरुको वारेमा प्रकास पार्नुभयो । सुनचाँदीको अभावमा कारण व्यवसायीले समस्या झेल्नु परेको भन्दै उक्त समस्या समाधानकालागि महासंघवाट निरन्तर पहल कदमी भैरहेको उहाँले वताउनुभयो । अध्यक्ष सुनारले सुनचाँदी व्यवसायमा परेका समस्या समाधान तथा शान्ति सुरक्षाको स्थितिमा सुधारकालागि महासंघ लागिपर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
त्यसक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले पछिल्ला दिनमा व्यसायीहरुले धेरै किसिमका समस्या झेल्नु परेको उल्लेख गर्दै भोलिकादिनमा त्यस्ता समस्या दोहोरिन नदिन अहिले देखि नै सजग र सतर्क रहनुपर्ने खाँचो औंल्याउनुभयो । व्यवसायीहरुलाई अनावश्यकरुपमा दुःख दिइने गरेको उल्लेख गर्दै उहाँले यस्ता क्रियाकलापको तत्काल अन्त्य हुनुपर्ने खाँचो औंल्याउनुभयो । 
कार्यक्रममा महासंघका महासचिव धर्मशुन्दर बज्राचार्य तथा कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले महासंघको विभिन्न गतिविधीको बारेमा प्रकाश पार्नुभएको थियो । 
स्थापना दीवस समारोहमा महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यले व्यवसायीहरु वीचको एकतामा जोड दिनुभयो । उहाँले २०४४ सालमा संघकोरुपमा स्थापना भएको संस्था २०६९ मा महासंघमा परिणत हुँदै आजको दिनमा आइपुग्दा धेरै परिवर्तन भैसकेको उल्लेख गर्दै महासंघलाई शसक्त र प्रभावकारी वनाउँदै अगाडि बढाउनुपर्ने खाँचो औंल्याउनुभयो । 
महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी सम्वनधी निर्देशिका निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै छिट्टै त्यसलाई निश्कर्षमा पु¥याउनुपर्ने खाँचो औंल्याउनुभयो ।  
कार्यक्रममा महासंघका उपाध्यक्षहरु ज्ञानुराजा शाक्य, अर्जुन रसाइली, मोहनकाजी शाक्य, प्रेमकुमार सुनार, दीयसरत्न शाक्य लगायत पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।