Tel +977-1-4532270
2
Ashoj
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
184500/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2160.50/-

FINE GOLD (9999)
per 1 tola

रु
215200

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2520

Notices:

काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत

Date: Feb 08, 2021
काठमाडौं । नेपाल बैंकर्ष संघ काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्न सहमत भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र बैंकर्ष संघका पदाधिकारीहरुवीच बिहिबार भएको छलफलमा यस्तो सहमति भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र बैंकर्ष संघवीचको छलफलकाक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका वाहिरवाट सुन वितरण नगरिँदा ब्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै यथासिघ्र उपत्यका वाहिरका तोकिएका स्थानहरुवाट समेत सुन वितरणको ब्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । त्यसक्रममा बैंकर्ष संघका अध्यक्ष भुवनकुमार दाहाल लगायत संघका पदाधिकारीहरुले ब्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताउनुभएको थियो । नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका वाहिरवाट पनि सुन वितरणको ब्यवस्था मिलाउने बिषयलाई मौद्रिक नीतिमा समावोस गरिसकेको छ । यद्यपी सो बिषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कराण उपत्यका वाहिरका ब्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने झन्झट कायम छ । छलफलकाक्रममा ब्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुवाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यारुलाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ आफ्नो जिम्मेवारी पुरागर्न आफूहरु तयार रहेको संघका पदाधिकारीहरुले वताउनुभयो । राष्ट्र बैंकले तोकेको ब्यवस्था अनुसार बैंकर्ष संघको सिफासिरमा बैंकहरुले विदेशवाट कच्चा सुनको आयातगरी महासंघको सिफासिरमा ब्यवसायीहरुलाई सुन उपलब्ध गराउँदै आएको छ । मोफसलका जिल्लहरुवाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लाहरुमा पनि सुनको स्टक राख्ने, बैंकहरु पिच्छे फरक फरक हुँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धिगरी पर्याप्त मात्रामा आपुीर्त ब्यवसथ मिलाउन दुवै पक्षले पहल गर्ने लगषयतका बिषयमा छलफल भएको थियो ।



More Albums
ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर व ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बि ...

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक सा ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब्यवसायी संघको आठौं वार्षिक सा ...