Tel +977-1-4532270
6
Magh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
244085/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
5041/-

FINE GOLD (9999)
per 1 tola

रु
284700

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5880

Notices:

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक

Date: Aug 11, 2022
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणकालागि उपलब्धिमूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताएका छन् । मेला यही साउन १९ देखि २३ सम्म भारतको मुम्वइमा भएको थियो । उक्र मेलामा नेपाल र भारतका सुनचाँदी ब्यवसायीहरुबीच सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका बिषयमा परामर्श भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलाका अवसरमा नेपालका तर्फवाट गएको प्रतिनिधिमण्डलले सुनचाँदी ब्यवसायमा भित्रिएको आधुनिक प्रविधि र दुई देशवीच त्यसको हस्तान्तरण तथा साटफेर गर्न मद्धत पुगेको बताउनुभयो । नेपालमा तर्फवाट मेलामा अध्यक्ष शाक्यको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली तथा मेला समितिका संयोजक विपिन रामुदामु लगायत महासंघको देशभरवाट छानिएका प्रतिनिधी सहभागी थिए । मेलाका अवसरमा भारतको जेम्स एण्ड ज्वलरी काउन्सिलका अध्यक्ष कोलिन शाह, कार्यकारी निर्देशक विक्रान्त प्रधान, अन्तर्राष्ट्रिय विभाग हेर्ने निर्देशक श्रीधर इंगार, पोलिसि लविङ डाइरेक्टर सुरुची खिन्द्रिया लगायतसँग दुई पक्षिय परामर्श भएको थियो । यस्तै सो अवसरमा इण्डियन इन्स्टिच्युट अफ जेम्स एण्ड ज्वेलरीका प्रिन्सिपल भरत भास्वानी लगायतका ब्यीक्तसँग पनि महासंघको प्रतिनिधिमण्डलले छफफल गरेको थियो । मेलाका अपसरमा दुई देशका ब्यवसायीबीच आपसी सम्वन्ध विस्तार, गरगहनाको क्षेत्रमा विकास भएका नविनतम प्रविधिको साटासाट तथा आगामी दिनमा दुई पक्षवीचको सम्वन्ध थप सुदृढ वनाउने लगायतका बिषयमा छलफल भयो ।



More Albums
ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भए ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथठ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपठ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवà ...

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब ...