Tel +977-1-4532270
18
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
266545/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4591/-

FINE GOLD (9999)
per 1 tola

रु
310900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5355

Notices:

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न गभर्नर अधिकारीको आग्रह, भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’

Date: Feb 10, 2021
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न आग्रह गर्नुभएको छ । नेपालको ठूलो जनशक्ति रोजगारीकालागि विदेश पलायन हुनुपरेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको वाहुल्यता रहेको उल्लेख गर्दै उहाँले स्वदेशमा नै पर्याप्त तालिमको ब्यवस्थागरी रोजगारी प्रवद्र्धनगर्न सकीने बताउनुभयो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डल सँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा कामगर्नका लागि पर्याप्तमात्रामा स्वदेशी कालिगढ उत्पादनगर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिनुभयो । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने शीप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले ब्यक्त गर्नुभयो । एक तथ्याङक अनुसार नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झण्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएका छन् । जसवाट ठूलो धनराशी विदेशीँदै आएको छ । ब्यवसायी सँगको छलफलकाक्रममा गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागु गर्न समेत जोड दिनुभयो । अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अब्यवहारिक भएको उल्लेख गर्दै सुनचाँदी ब्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न उहाँले आग्रह गर्नुभयो । ‘सुनचाँदीको क्षेत्रमा ठूलाठूला कारोबार हुने गरेको भएपनि अझै सम्म पनि यस्तो कारोबार परम्परागत प्रविधि अनुरुप नै हुनेगरेको छ,’ उहाँले भन्न्ेभयो ‘समय सापेक्ष रुपमा कारोबार प्रणालीमा परिमार्जन ल्याउन आवश्यक छ ।’ सुनचाँदी ब्यवसायीले अगाडि सारेका मागहरुबारे आफू सकारात्मक रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले संभव भएसम्म माग पुरा गराउन राष्ट्र बैंक तयार रहेको बताउनुभयो । उहाँले सुनको आपूर्ति विदेशी मुद्राको संञ्चिति सँग सम्वन्धित रहेको उल्लेख गर्दै बजारको माग अनुरुप त्यसलाई ब्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको बताउनुभयो । उहाँले तोकिएका नाकाहरुवाट पनि सरल र सहजरुपमा सुन वितरणको ब्यवस्था मिलाउन, १५ दिन अगावै सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रणगर्न, आफूर्तिमा लागु हुँदै आएको कोटाको सिमा पुनरावलोकन गर्न र ब्यवसायीले उठाएका अन्य जायज मागहरुको सम्वोधन गर्न राष्ट्र बैंक तयार रहेको बताउनुभयो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनका दौरानमा आइपरेका समस्याहरु जानकारी गराउँदै तीनलाई हलगर्नका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले ब्यवसायीलाई परेका समस्या समाधान गर्न राष्ट्र बैंकको अहँ भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गर्नुभयो । गभर्नर अधिकारीसँगको भेटकाक्रममा महासंघका विभिन्न पदाधिकारीहरुको सहभागिता थियो ।



More Albums
ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भए ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथठ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपठ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवà ...

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब ...