Tel +977-1-4532270
15
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
249145/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4321/-

FINE GOLD (9999)
per 1 tola

रु
290600

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5040

Notices:

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन

Date: Feb 15, 2021
काठमाडौं सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट सर्वसम्मत भएका पदाधिकारीहरु र निर्वाचित सदस्यहरुको पदस्थापन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । पुष ११ गते तेस्रो अधिवेशनका दिनमा सर्वसम्मत चयन भएका अध्यक्ष राजेशमान वुद्धाचार्य, उपाध्यक्ष भविन्द्र विश्वकर्मा, दिपक घिमिरे, महासचिव चोक वहादुर गौतम ९तारा०, सचिव कमलमान सुनार, कोषाध्यष सोभितमान वुद्धाचार्य, सहकोषाध्यक्ष मंगलराज शाक्य सहसचिव सिता पन्थी ९विश्वकर्मा० र महिला सदस्य अञ्जिता लोहनी दियाली र माघ १७ गते निर्वाचन प्रकृयाबाट निर्वाचित सदस्यहरु महेन्द्र विश्वकर्मा, गणेश सुनार दुर्गा सुनार, टेक नारायण शाक्य, नितिन वज्राचार्य नरकुमार सुनार, राजकुमार वि।घिमिरे, राजेन्द्र वहादुर सुनार, जीवन सुनार, भिम वहादुर विश्वकर्मा र दुई जना मनोनित सदस्य दिनेशमान वुद्धाचार्य र सोम वहादुर विश्वकर्मा सहित २१ जनालाई निर्वाचन समितिका संयोजक हेमराज वरालले पद तथा गोपनियताको सपथ खुवाएर पदस्थापना गराएका थिए । सपथ ग्रहण कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यले सुन चाँदी व्यवसायलाई सफल बनाउन ४ खम्बे रोडम्याप अघि सारेको बताए । उपभोक्ता मैत्री व्यवसाय दक्ष कालिगढको प्रयोग, लगानीको सुरक्षा र व्यवसायिक एकताको रोडम्यापलाई देशव्यापी वनाउने वताउँदै अध्यक्ष शाक्यले भने सुनचाँदीमा सरकारले सिण्डिकेट लगाएर सरकारी बैंक मार्फत मात्र सुन किन्नु पर्ने वाध्यता रहेको बताए । सुनको माग दैनिक २५ किलो रहेकोमा सरकारले १० किलो मात्र दिने गरेको त्यसले गर्दा सुन कारोवारमा तस्करी, कालोवजारी मौलाउन वल पुगेको उनले वताए । चोरीको सुन किन्ने सुन पसललाई भरहेको कारवाहीको स्वरुप वदलेर देवानी संहिता अन्तरगत हुने बताउँदै वजार अनुगमन मापदण्ड बनाएर मात्र अनुगमन गर्ने सहमति भएको तर ७ वर्ष देखि अनुगमन कार्यनिधि मापदण्ड सरकारले नवनाएको र अनुगमन पनि नभएको अध्यक्ष शाक्यले वताए । पदस्थापन कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव वहादुर कोइराला, सुनचाँदी व्यवसायी संघ गण्डकी प्रदेश अध्यष चन्द्र किशोर गौतम, निवर्तमान केन्द्रीय सदस्य वुद्धि गहतराज व्यवसायी तथा पूर्व का।स।स। दशरथ सुनार लगायत वक्ताहरुले नयाँ कार्य समितिलाई सुझाव सहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष राजेशमान वुद्धाचार्यले आफ्नो कार्यकालमा गरिने कार्ययोजना विषयमा प्रतिवद्धता व्यक्त गरेका थिए । व्यवसायीलाई लेखा तालिम, कालिगढी तालिम दिने, हेल्प डेस्क राख्ने, कच्चा पदार्थ सहज आपूर्तिको व्यवस्था मिलाउदै व्यवसायीलाई पूर्ववत वनाउन पहल गर्ने लगायतका प्रतिवद्धता अध्यक्ष वुद्धाचार्यले व्यक्त गरेका थिए । निर्मल दियाली सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार अनिषा श्रेष्ठले गरेकिथिइन् ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...