Tel +977-1-4532270
18
Poush
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
225050/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3879.50/-

FINE GOLD (9999)
per 1 tola

रु
262500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4525

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न

Date: Mar 04, 2023
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । २०७९ फागुन २० गते शनिबार महासंघको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक बिशेष समारोहकावीच स्थापना दिवस मनाइएको हो । त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले नेपाली परम्परा अनुसार दहीको सगुन बाँडेर स्थापना दिवसको उद्घाटन गर्नुभयो । त्यसक्रममा उहाँले माहासंघको स्तापना भएको १० बर्ष भैसेकेको भन्ज्दै यस अवधिमा महासंघले धेरै काम गरेको रबााकी काम पनि सवै मिलेर गर्नुपर्ने खाँचो औंल्याउनुभयो । त्यसक्रममा महासंघका कस्लाहकार तेजरत्न शाक्यले महासंघको स्थापना देखि हालसम्मका विभिन्न पक्ष बारे प्रकाश पार्नुभयो । यस्तै महासंघका संस्थापक अध्यक्ष एवं विशिष्ट सदस्य मणिरत्न शाक्यले महासंघको स्थपना र त्यस यताका उपलब्धीका बारेमा चर्चा गर्नुभयो । महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा महासंघका उपाध्यक्ष दियेस रत्न शाक्य तथा महेन्द्र रत्न शाक्य, सचिव किरण भाई बज्राचार्य, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतका विभिन्न पदाधिकारी एवं सदस्य तथा कर्मचारीहरुको सहभागिता थियो । यसैवीच महासंघले आफ्नो १० औं स्थापना दिवसकै अवसरमा शनिबार दिउँसो काठमाडौंको मूलपानि स्थित आमाको मायाँ छात्रावासका विद्यार्थीहरुलाई खाद्यान्न, लत्ताकपडा तथा स्टेशनरी र खेलकुदमा सामाग्रि उपलब्ध गराएको छ । महासंघले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत अनाथ विद्यार्थीहरु रहेको सो छात्रावासलाई सहयोग गरेको हो । सो छात्रावासमा प्रमूख मदन चौधरीका अनुसार विभिन्न जिल्लाका ३० भन्दा बढी अनाथ विद्यार्थी उक्त छात्रावासमा आश्रित रहेका छन् । १० औं स्थापना दिवसकै अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना भएको छ । महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यस अवसरमा विभिन्न प्रदेश महासंघ तथा जिल्ला तथा नगर संघहरुलले आ आफ्नो तरिकाले यो दिवस मनाएका छन् । महासंघका उपाध्यक्ष शिव कुमार सर्राफको अध्यक्षतामा बारा सुनचाँदी ब्यवसायी संघले हर्षोल्लासको साथ स्थापना दिवस मनाएको छ । यस्तै यस अवसरमा प्रवक्ता साहको प्रमूख आतिथ्यता तथा मधेश प्रदेशका सभापति रामजी साहको अध्यक्षतामा मधेश प्रदेशले होली मिलन समारोहको आयोजना गर्यो ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...