सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
Date: Mar 10, 2021
काठमाडौं ।
सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धिगर्न सरकार तयार भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताउनुभयो ।
माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राख्नु भएको थियो । त्यसक्रममा सभाषद् एवं महासंघका सल्ल्लाहकार छविलाल बिश्वकर्माले ब्यवसायीलाई परेको अप्ठ्याराका बिषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गर्नुभयो । उहाँले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गर्नुभयो । अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।
यसैवीच आगमी आर्थिक बर्षको बजेटमा सुनचाँदीको क्षेत्रवाट समुट्नुपर्ने बिषयहरुलाई समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ ।
More Albums
काठमाडौं ।
राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. व ...
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका
काठमाडौं ।
गृहमन्त्री ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट न ...
काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...
काठमाडौं ।
बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...
महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल गर्दै न ...