Tel +977-1-4532270
5
Ashoj
2080
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
96110/-

TEJABI GOLD
per 10 grm

Nrs
95640/-

SILVER
per 10 grm

Nrs
1222/-

FINE GOLD (9999)
per 1 tola

रु
112100

TEJABI GOLD
per 1 tola

रु
111550

SILVER
per 1 tola

रु
1425

Notices:

आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल

Date: Aug 03, 2021
काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. विश्व नाथ पौडेलले मुलुकको आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । यो क्षेत्रवाट बर्षेनी अरवौंको राजस्व प्राप्त हुने मात्र नभई लाखौको संख्यामा रोजगारीको अवसर समेत सृजना हुने भएकोले मुलुकको आर्थिक विकास र परिवर्तनमा यो क्षेत्रमा भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभएको हो । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र विस्तारकालागि राज्यले आवश्यक पहल गर्ने बताउनुभयो । सुनचाँदी क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेसगरी त्यसलाई ब्यवहारमा कार्यान्वयनमा ल्याउन सके यो क्षेत्रवाट अरुबढी लाभ लिन सकीने उहाँको भनाई छ । मौलिक गरगहनाको संरक्षण र प्रवद्र्धन, खानी उत्खनन्, निर्यात प्रवद्र्धन जस्ता बिषयलाई आयोगले महत्वका साथ हेर्ने प्रतिवद्धता पनि त्यसक्रममा उहाँले ब्यक्त गर्नुभयो । उपाध्यक्ष पौडेलसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यो ब्यवसायको विकास र विस्तारकालागि राज्यले अवलम्वन गर्नुपर्ने नीतिका बारेमा प्रकाश पार्नुभएको थियो । बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको समेत आपूर्ति हुन नसक्दा यसवाट ब्यवसाय सञ्चालनमा समस्या सृजना भएको उहाँको भनाई छ । उपाध्यक्ष पौडेलसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।



More Albums
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल गर्दै न ...

सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
काठमाडौं । सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क् ...

रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधार ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश ...

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।
काठमाडौं । सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्म ...

राज्यले व्यवसायीक लगानीको सुरक्षा गर्नुपर्छः अध्यक्ष शाक्य
तुलसीपुर- नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्य ...

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बज ...

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी
काठमाडौं- नेपाल चेम्वस अफ कमर्शले शनिबार बिहाना काठमाडौंमा ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दि ...