Tel +977-1-4532270
18
Baisakh
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
253860/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4239.50/-

FINE GOLD (9999)
per 1 tola

रु
296100

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4945

Notices:

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड

Date: Aug 03, 2021
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका काठमाडौं । गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी ब्यवसाय सञ्चालनमा क्रममा देखापर्ने समस्याहरुलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा मन्त्री खाँडले ब्यवसाय सञ्चालनकाक्रममा देखिने जुनसुकै समस्या समाधानकालागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो । मुलुकको कानूनले तोकेको सिमाभित्र रही कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा सञ्चालनगर्न पाउनु सवैको अधिकार हो, मन्त्री खाँडले भन्नुभयो ‘यसरी ब्यवसाय सञ्चालन गर्दा कहीँ कतै वाट समस्याहरु आइपर्छन् भने त्यसालई हटाउन हामी तयार छौं ।’ सुनको खरिद विक्री, ओसार पसार, गरगहनाको निर्यात जस्ता कार्यहरु गर्दा कहीँ कतैवाट अप्ठ्यारो पर्न नहुने भन्दै उहाँले ब्यवसाय सञ्चालनका दौरानमा अनावश्यक झन्झट र समस्इया आएमा त्यसको निराकरणकालागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । गृहमन्त्री खाँडसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । ब्यवसायीले तोकिएको प्रकृया पुरा गरेर खरिद गरेको सुन ओसार पसार गर्दा पनि अनावश्यकरुपमा झमेला ब्यहोनु पर्ने, सुन खरिद विक्रिका क्रममा अनावश्यक झन्झटहरु आइपर्ने, अनाहकमा ब्यवसायीलाई दुःख दिइने र झटा मुद्धाहश्रु लगाइने जस्ता समस्याहरुको बारेमा मन्त्री खाँडलाई जानकारी गराउनु भएको थियो । यस्तै दिनदाहाडै ब्यवसायीको हत्यागर्ने, चोरी र लुटपाट गर्ने जस्ता घट्नाहरु बढ्दै गएकोमा पनि उहाँले गृहमन्त्री खाँडको ध्यानाकर्षण गराउँदै ब्इवसायीलाई महशुस हुनेगरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभएको थियो । मन्त्री खाँडसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।



More Albums
आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल
काठमाडौं । राष्ट्रिय योजना आय ...

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड
सुनचाँदी ब्यवसाय सञ्चालनमा दॠ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेर ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामाà ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवस ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापà ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसठ...