नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता
Date: Mar 23, 2021
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सँझौता भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले मंगलबार काठमाडौंमा आयोजित बिशेष समारोहकावीच सो बैंकिङ साझेदारी सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बैंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् । जसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । यो सम्झौतापछि महासंघका आवद्ध ब्यवसायीहरुले नेपाल बंगलादेश बैंक मार्फत उपलब्ध हुने विभिन्न किसिमका बैंकिङ सेवाहरु सरल र सहुलियतपूर्ण रुपमा प्रयोगगर्न पाउने उहाँले बताउनुभयो ।
दुईसंस्थावीचको सहमतिपश्चात महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गकालागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्ने छ । यस वाहेक बैंकले उपलब्ध गराउने सवैखालमा बैंकिङ सेवाहरु सरलर सहज रुपमा उपलब्ध गराउन पनि बैंकलेसहयोग गर्ने छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही नीति अनुरुप महासंघले पहिलो चरणमा नेपाल बंगलादेश बैंकसँग बैंकिङ सहकर्यको सम्झौतामा हस्ताक्षर गरेको हो । महासंघले आवश्यकता अनुसार अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग समेत यस किसिमको सम्झौता गदै जाने जनाएको छ ।
नेपाल सनुचाँदी ब्यवसायी महासंघ मुलुकभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । महासंघ अन्तर्गत देशभरका ६५ भन्दा बढी जिल्ला, नगर तथा एशोसिएट्स सदस्य छन् ।
More Albums
काठमाडौं । लमजुङ सुनचाँदी ब्यवसायी संघको नवौं स्थापना दिवस ...
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभ ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक ...
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालाग ...
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचा ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैन ...
काठमाडौं ।
तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक सा ...
काठमाडौं ।
सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक ...
काठमाडौं – सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहा ...
काठमाडौं ।
बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यव ...