Tel +977-1-4532270
14
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117625/-

TEJABI GOLD
per 10 grm

Nrs
117065/-

SILVER
per 10 grm

Nrs
1436/-

FINE GOLD (9999)
per 1 tola

रु
137200

TEJABI GOLD
per 1 tola

रु
136550

SILVER
per 1 tola

रु
1675

Notices:

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह

Date: Jan 04, 2022
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या समाधानगर्न आग्रह गरेको हो । भेटका क्रममा ब्यवसायीका तर्फवाट खासगरी तीन वटा माग अगाडि सारिएको थियो । त्यसमध्ये पहिलोमा जर्तिको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने छ । हाल जर्ति सम्वन्धी ठोस ब्यवस्था नहुँदा फरक फरक दर कायम हुँदै आएको छ । यस्तै ब्यवसायीले सुनचाँदी जस्तो वहुमुल्य धातुको कारोवारमा नगद करोबारको सिमा ५० हजारवाट बढाएर १० लाख पुर्याउनुपर्ने माग गरेको छन् । ब्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखा परीक्षण सम्वन्धी ब्यवस्थमा एकरुपमा हुनुपर्ने रहेको छ । ब्यवसायी संगको भेटका क्रममा विभागका महानिर्देशक पौडेलले ब्यवसायीले उठाएका मागहरुलाई अध्ययन गरी सम्वोधन गर्न पहल गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, ‘ब्यवसायीका समस्या साधानगर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ । अव पनि के गर्न सकिन्छ त्यो अध्ययनगरी हामी आवश्यक निर्णय लिन्छौं ।’ त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानूनी ब्यवस्थाको अभावमा बजारमा ब्यवसायीवीच दुविधा उत्पन्न नहोस र जर्ति जस्तो बिषयमा ब्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मुल्य कायम नहोस भन्ने उद्धेश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताउनुभयो । यसवाट सरकारी राजस्वमा समेत योगदान पुग्ने उहाँको



More Albums
सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन
काठमाडौं – सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहा ...

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी राष्ट्र बैंकमा
काठमाडौं । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यव ...

आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. व ...

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका काठमाडौं । गृहमन्त्री ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट न ...

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय ...

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...