सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
Date: Mar 31, 2021
काठमाडौं ।
सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेस गरिने भएको छ । सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं खानी उत्खनन जस्ता महत्वपूर्ण बिषयहरुलाई मुलुकको आवधिक योजनामा नै पारिने भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटकाक्रममा बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सुनचाँदी क्षेत्रको वृहत्तर विकास र विस्तार गर्दै यसैको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने गरी नीतिगत ब्यवस्था गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत ब्यवस्थामा समेट्नुपर्ने एजेण्डाहरुलाई लिपिवद्ध गर्न ब्यवसायीहरु लाई आग्रह समेत गर्नुभयो । बिश्व बजारमा सुनचाँदीको क्षेत्रमा उल्लेख्य रुपमा विकास र विस्तार भैसकेको चर्चागर्दै उहाँले नेपालमा पनि छिमेकी मुलुकहरुमा अवलम्वन गरिएका ब्यवस्थाहरुको अध्ययनगरी आवश्यकता अनुसार समेट्दै जान सकीने वताउनुभयो ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट नीतिको अभावमा सुनचाँली ब्यवसायमा धेरै समस्या आएको बताउनुभयो । सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट नीतिगत ब्यवस्था गर्दै कच्चा पदार्थको पर्याप्त आपूर्ति एवं कालिगढको सुनिश्चितता जस्ता कुराहरुमा ध्यान दिन सकीय यस क्षेत्रवाट राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । छलफलमा महासंघका विभिन्न पदाधिकारीहरुको समेत सहभागिता थियो ।
More Albums
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...
काठमाडौं ।
आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...
काठमाडौं ।
भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...
काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प ...
काठमाडौं ।
आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर व ...
सुनाखरी न्युज
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले ...
काठमाडौं ।
विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बि ...
काठमाडौं ।
सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक सा ...
काठमाडौं ।
भक्तपुर सुनचाँदी ब्यवसायी संघको आठौं वार्षिक सा ...