Tel +977-1-4532270
16
Poush
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
223765/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3832.50/-

FINE GOLD (9999)
per 1 tola

रु
261000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4470

Notices:

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता

Date: Jul 26, 2021
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुवीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शोमबार विहान भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरे । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा ब्यवसाय सञ्चालनमा कठीनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणकालागि सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसक्रममा प्रधानमन्त्री देउवाले सुनचाँदी ब्यवसायी महासंघले राखेमा माग सम्वोधनगर्न पहल गर्ने आश्वासन दिनुभयो । उहाँले ब्यवसायीमाथि परेमा समस्या समाधानगर्न सरकार सदैव तयाररहेको बताउनुभयो । त्यसक्रममा नेपाली कााग्रेसका साँसद मिन वहादुर विश्वकर्माले ब्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणक लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिविद्धता ब्यक्र गर्नुभयो । उहाँले सुनचाँदीको कारोबार सम्वन्धी ऐन नहुँदा सुनचाँदी ब्यवसाय सञ्चालनमा समस्या आएको बिषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या सिघ्र समाधान हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रधानमन्त्री देउवासँगको भेटकाक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायमा देखिएका समस्याका बिषयमा जानकारी गराउनुभएको थियो । त्यसक्रममा नवनियुक्त प्रधानमन्त्री देउवालाई महासंघका अध्यक्ष शाक्यले महासंघकका तर्फवाट बधाई दिनुहुँदै सफल कार्यकालकालागि शुभकामना ब्यक्त गर्नुभएको थियो । भेटकाक्रममा महासघका तर्फवाट उपाध्यक्षहरु विपिन रामुदामु, शिव सर्राफ, महेन्द्र रत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सदस्य सुविन बज्राचार्य लगायतको सहभागिता थियो ।



More Albums
ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भए ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथठ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपठ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवà ...

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब ...