Tel +977-1-4532270
22
Falgun
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
268690/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4668/-

FINE GOLD (9999)
per 1 tola

रु
313400

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5445

Notices:

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड

Date: Aug 03, 2021
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका काठमाडौं । गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी ब्यवसाय सञ्चालनमा क्रममा देखापर्ने समस्याहरुलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा मन्त्री खाँडले ब्यवसाय सञ्चालनकाक्रममा देखिने जुनसुकै समस्या समाधानकालागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो । मुलुकको कानूनले तोकेको सिमाभित्र रही कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा सञ्चालनगर्न पाउनु सवैको अधिकार हो, मन्त्री खाँडले भन्नुभयो ‘यसरी ब्यवसाय सञ्चालन गर्दा कहीँ कतै वाट समस्याहरु आइपर्छन् भने त्यसालई हटाउन हामी तयार छौं ।’ सुनको खरिद विक्री, ओसार पसार, गरगहनाको निर्यात जस्ता कार्यहरु गर्दा कहीँ कतैवाट अप्ठ्यारो पर्न नहुने भन्दै उहाँले ब्यवसाय सञ्चालनका दौरानमा अनावश्यक झन्झट र समस्इया आएमा त्यसको निराकरणकालागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । गृहमन्त्री खाँडसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । ब्यवसायीले तोकिएको प्रकृया पुरा गरेर खरिद गरेको सुन ओसार पसार गर्दा पनि अनावश्यकरुपमा झमेला ब्यहोनु पर्ने, सुन खरिद विक्रिका क्रममा अनावश्यक झन्झटहरु आइपर्ने, अनाहकमा ब्यवसायीलाई दुःख दिइने र झटा मुद्धाहश्रु लगाइने जस्ता समस्याहरुको बारेमा मन्त्री खाँडलाई जानकारी गराउनु भएको थियो । यस्तै दिनदाहाडै ब्यवसायीको हत्यागर्ने, चोरी र लुटपाट गर्ने जस्ता घट्नाहरु बढ्दै गएकोमा पनि उहाँले गृहमन्त्री खाँडको ध्यानाकर्षण गराउँदै ब्इवसायीलाई महशुस हुनेगरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभएको थियो । मन्त्री खाँडसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।



More Albums
लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न
काठमाडौं । लमजुङ सुनचाँदी ब्यà ...

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी à ...

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाल सुनचाँदी ब्à ...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । तनहुँ सुनचाँदी व्यà ...

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं । सुनचाँदी तथा रत्न आ ...

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन
काठमाडौं – सुन चाँदी ब्यवसायी ठ...

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी राष्ट्र बैंकमा
काठमाडौं । बजारमा कच्चा सुनको ...