Tel +977-1-4532270
24
Mansir
2080
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
100740/-

TEJABI GOLD
per 10 grm

Nrs
100270/-

SILVER
per 10 grm

Nrs
1222/-

FINE GOLD (9999)
per 1 tola

रु
117500

TEJABI GOLD
per 1 tola

रु
116950

SILVER
per 1 tola

रु
1425

Notices:

आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल

Date: Aug 03, 2021
काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. विश्व नाथ पौडेलले मुलुकको आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । यो क्षेत्रवाट बर्षेनी अरवौंको राजस्व प्राप्त हुने मात्र नभई लाखौको संख्यामा रोजगारीको अवसर समेत सृजना हुने भएकोले मुलुकको आर्थिक विकास र परिवर्तनमा यो क्षेत्रमा भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभएको हो । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र विस्तारकालागि राज्यले आवश्यक पहल गर्ने बताउनुभयो । सुनचाँदी क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेसगरी त्यसलाई ब्यवहारमा कार्यान्वयनमा ल्याउन सके यो क्षेत्रवाट अरुबढी लाभ लिन सकीने उहाँको भनाई छ । मौलिक गरगहनाको संरक्षण र प्रवद्र्धन, खानी उत्खनन्, निर्यात प्रवद्र्धन जस्ता बिषयलाई आयोगले महत्वका साथ हेर्ने प्रतिवद्धता पनि त्यसक्रममा उहाँले ब्यक्त गर्नुभयो । उपाध्यक्ष पौडेलसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यो ब्यवसायको विकास र विस्तारकालागि राज्यले अवलम्वन गर्नुपर्ने नीतिका बारेमा प्रकाश पार्नुभएको थियो । बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको समेत आपूर्ति हुन नसक्दा यसवाट ब्यवसाय सञ्चालनमा समस्या सृजना भएको उहाँको भनाई छ । उपाध्यक्ष पौडेलसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।



More Albums
सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक सा ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब्यवसायी संघको आठौं वार्षिक सा ...

लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न
काठमाडौं । लमजुङ सुनचाँदी ब्यवसायी संघको नवौं स्थापना दिवस ...

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभ ...

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक ...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालाग ...

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचा ...

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैन ...

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक सा ...

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं । सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक ...