Tel +977-1-4532270
29
Chaitra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
254715/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4265.50/-

FINE GOLD (9999)
per 1 tola

रु
297100

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4975

Notices:

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज

Date: Nov 12, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति ब्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति ब्यवस्था बढाउन राष्ट्र बैंक सँग आग्रह गरेको हो । राष्ट्र बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी ब्यवसायीको संख्या, यो ब्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका बिषय समेटिएको प्रतिबेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाएको हो । त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न बाणिज्य बैंक मार्फत सुनको आपूर्ति हुँद आएकोमा त्यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन गोल्ड बैंक मार्फत आपूर्ति गर्ने ब्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । यस्तै विभिन्न नाकावाट सुनको वितरण गर्नुपर्ने नीतिगत ब्यवस्था भए पनि हालसम्म सुनको वितरण काठमाडौं केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै सहजरुपमा तोकिएका नाकावाट ब्यवसाायीले कच्चा सुन पाउने ब्यवसथ मिलाउनुपर्ने खाँचो औंल्याउनुभयो । ब्यवसयाीसँगको भेटकाक्रममा कार्यकारी निर्देशन पौडेलले ब्यवसायीका तर्फवाट वुझाइएको प्रतिवेदन ग्रहण गर्नुहुँदै ब्यवसायीका मागलाई सम्वोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । भेटमा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति थियो ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...