Tel +977-1-4532270
30
Ashoj
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
215105/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2808/-

FINE GOLD (9999)
per 1 tola

रु
250900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3275

Notices:

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह

Date: Jan 18, 2022
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हन्ुपर्ने खाँचो औंल्याएका छन् । ब्यवसायीवीच एकता हुन नसके त्यसको अशर समग्र सुनचाँदी ब्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो उनीहरुले औंल्याए । नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा शोमबार काठमाडौंमा आयोजना गरेको वधाई तथा स्वागत कार्यक्रममा सहभागी ब्यवसायीहरुले दुई महासंघवीच आपसीएकताको खाँचो औल्याए । कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकीने बताउनुभयो । सुनचाँदी ब्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघवीच कम्तिमा पनि साझा मुद्धामा एकता हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो । त्यसक्रममा रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेश मान शाक्यले सवै सुनचाँदी ब्यवसायीका मुद्धा एउटै भएकोले सवै मिलेर अगाडि बढ्नुपर्ने खाँचो औल्याउनुभयो । त्यसक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघवीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने खाँचो औंल्याउनुभयो । कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...