सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
Date: Jun 28, 2022
सुनाखरी न्युज
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ । महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको जनाउँदै सिघ्र यस सम्वन्धी ब्यवथागर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसहरुसँग भेटगरी सिघ्र कानून निर्माणकालागि पहल गर्न आग्रह गरहेको हो । भेटकाक्रममा महासंघको प्रतिनिधिमण्डलले कानूनमा समेटिनुपर्ने बिषयहरुका बारेमा समेत जानकारी गराएको थियो ।
सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध ब्यवसायी मर्कामा पर्दै आएका छन् । कानून निर्माणका लागि ब्यवसायीका तर्फवाट बारम्बार सम्वन्धित निकायाको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै छ ।
भेटकाक्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित बिशिष्ट सदस्य मणि रत्न शाक्य, उपाध्यक्ष दियस रत्न शाक्य लगायतको सहभागिता रहेको थियो ।
More Albums
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले महासंघमा आवद् ...
कठमाडौं ।
नेपाल भरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्थाको ...
काठमाडौं ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रम ...
काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक ...
काठमाडौं ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालmयका सचिव मध ...
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसाय ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना द ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाह ...
काठमाडौं ।
प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने न ...
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...