Tel +977-1-4532270
13
Magh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
265175/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
5890/-

FINE GOLD (9999)
per 1 tola

रु
309300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
6870

Notices:

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह

Date: Aug 08, 2023
काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यो क्षेत्रका समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको पहलका लागि आग्रह गर्न मंगलबार सिंहदरवार पुगेको ब्यवसायीहरुको प्रतिनिधीमण्डलले यस्तो आग्रह गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका आवद्ध ब्यवसायीहरुले संयुक्तरुपमा यस्तो आग्रह गरेका हुन् । त्यस क्रममा प्रतिनिधीसभा सदस्य एवं संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रणेन्द्र बराइलीले ब्यवसायीहरुका तर्फवाट प्राप्त सुझाव ग्रहण गर्दै सुनचाँदी ब्यवसाय सञ्चभालनका लागि प्रष्ट मापदण्ड तयार गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । त्यस क्रममा उहाँले सुनचाँदी ब्यवसायीका सदस्यलाई आफूले नजिकवाट नियालीरहेको उल्लेख गर्दै ती समस्याहरुको समाधानका लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने बताउनु भयो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बराइलीसँगको भेटका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट निर्देशिकाको अभावमा ब्यवसायीहरुले विभिन्न किसिमका समस्याहरु झेल्नु परेकोले निर्वाधरुपमा ब्यवसाय सञ्चालनकालागि निर्देशिका आवश्यक भएको बताउनु भयो । जुनसुकै पेशा ब्यवसाय सञ्चालनका लागि पनि प्रष्ट नीति, नियम तथा निर्देशिका हुने गरेको तर सुनचाँदी ब्यवसायको क्षेत्रमा यो नभएकोले बारम्बार ब्यवसायीहरुले अनावश्यक झमेला ब्यहोर्नुपरेको बताउनुभयो । त्यसक्रममा ब्यवसायीहरुका तर्फवाट सुनचाँदी क्षेत्रको वृद्धि र विकासका लागि आवश्यक पर्ने तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा योजनाहरु लिपिवद्धरुपमा प्रश्तुत गरिएको थियो । ती योजनामा कच्चा सुनको आपूर्ति, विक्री वितरणको ब्यवस्थापन, सुन, चाँदी र हिराजवाहरात जस्ता खानिजन्य वस्तुको उत्खनन्, सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली र त्यसको ब्यवस्थापन लगायतका बिषय समेटिएको थियो । भेटका क्रममा महासंघका तर्फवाट बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियेशरत्न शाक्य, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य, पदाधिकारी समिति सदस्य रविन शाक्य, हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्य लगायतको उपस्थिति रहेको थियो ।



More Albums
लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न
काठमाडौं । लमजुङ सुनचाँदी ब्यà ...

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी à ...

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाल सुनचाँदी ब्à ...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । तनहुँ सुनचाँदी व्यà ...

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं । सुनचाँदी तथा रत्न आ ...

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन
काठमाडौं – सुन चाँदी ब्यवसायी ठ...

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी राष्ट्र बैंकमा
काठमाडौं । बजारमा कच्चा सुनको ...