Tel +977-1-4532270
14
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117625/-

TEJABI GOLD
per 10 grm

Nrs
117065/-

SILVER
per 10 grm

Nrs
1436/-

FINE GOLD (9999)
per 1 tola

रु
137200

TEJABI GOLD
per 1 tola

रु
136550

SILVER
per 1 tola

रु
1675

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता

Date: Aug 01, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा साउन १७ गते आइतबार आयोजित एक समारोहका वीच महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । दुई संस्थावीच भएको यो सम्झौता पश्चात सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् । यो सम्झौता पश्चात अव सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरु मार्फत रकम भुक्तानी गर्न थप सहज हुनेछ । यसले उपभोक्ता र ब्यवसायी दुपै पक्षलाई फाइदा पुग्ने बिश्वास लिइएको छ । यसकालागि गेटवे पेमेण्ट नेपालले सहजकर्ताकोरुपमा काम गर्ने छ । यो सम्झौता वाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरगहनाको विक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणाली मार्फत सहजै गर्न सकीने भएकोले यो प्रणाली ब्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुन सक्ने महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । गेटवे पेमेण्ट नेपालका सल्लाहकार श्रेष्ठका अनुसार यो प्रविधिले ब्यापार ब्यवसायगर्न थप सहज हुने र यसले ब्यवसायीहरुलाई आत्मनिर्भर वनाउन सघाउने छ । नेपाल सुनचादी ब्यवसायी महासंघ देशभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । यस्तै गेटवे पेमेण्ट नेपाल नेपाल राष्ट्र बैंकवाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनि हो ।



More Albums
नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने न ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...

ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर व ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बि ...