Tel +977-1-4432270
4
Mansir
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
49985/-

TEJABI GOLD
per 10 grm

Nrs
49730/-

SILVER
per 10 grm

Nrs
613/-

FINE GOLD (9999)
per 1 tola

Nrs
58300/-

TEJABI GOLD
per 1 tola

Nrs
58000/-

SILVER
per 1 tola

Nrs
715/-

Notices:

Press Release

प्रेस विज्ञप्ती

Posted: 02 July, 2018



प्रेस विज्ञप्ती
 
  नेपालमा सुन–चाँदी तथा हिरा जवाहरातका गरगहनाको व्यवसाय परम्परा देखि चलिआएको छ । हाल यस व्यवसायमा नेपालमा २२,००० भन्दा बढी व्यवसायी कार्यरत रहेका छन् । यसमा करिब २ लाख जना कामदार तथा कालिगढहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाईराखेका छन् र लगभग १० लाख जनसंख्या यस व्यवसायमा आश्रित रहेको पाईएको छ । नेपालको अर्थतन्त्रमा  वार्षिक करिब ५० अरबको कारोबार हुने गरेको छ र लगभग १३ अर्ब रुपैयाँ राजश्वको रुपमा सरकारलाई योगदान गर्दै आएको अवस्था बिद्यमान रहेको छ । 
हालै वर्दिया लगायत देशभरका विभिन्न सुन–चाँदीका गरगहना पसलहरुमा राज्यले अनुगमन र अनुसन्धानको नाममा व्यवसायीका पसलमा छापा मारी  व्यवसायीहरुलाई धरपकड गरि हिरासतमा लिई व्यवसायीका पसलमा रहेका सम्पूर्ण सुन–चाँदीका गरगहना, हिरा जवाहरातहरु समेत उठाई लाने वा पसल नै सिलबन्दी गर्ने जस्ता कार्यगरी व्यवसायीहरुमा डर र त्रास पैदागरि व्यवसाय नै बन्द गर्नु पर्ने अवस्थाको सृजना भएको छ ।
अनुसन्धान गर्ने, अवांक्षित क्रियाकलाप एवं अपराध नियन्त्रण गर्ने राज्यको कर्तव्य हो । यसमा महासंघले समेत सँधै सहयोग गर्दै आईराखेको छ । तर बैंकबाट वैध रुपमा खरिद गरेको, स्थायी लेखा नम्बरको आधारमा बिल भर्पाईबाट विभिन्न कम्पनी÷फर्महरुबाट खरिद गरेको सुनको गरगहना बनाई बिक्री गर्ने गरेको कार्यलाई समेत अन्यथा लिई कारवाहीको दायरामा ल्याई आतंक सृजना गर्नु हुँदैन भन्ने कुरामा पनि महासंघ स्पष्ट छ । 
व्यवसायलाई बन्द गराउँदा त्यसमा आश्रित एवं सरोकार राख्ने उपभोक्ताहरु, कर्मचारीहरु, लगानी गर्ने विभिन्न बैंकहरु, व्यवसाय र कामदार लगायत परिवारमा पर्न जाने पिडालाई सरकारले संवेदनशिलताका साथ सम्बोधन गर्नु पर्दछ । पुर्खौली रुपमा र परम्परागत रुपमा संचालन हुँदै आएको सुनचाँदीको व्यवसाय आजको आधुनिक रुपमा विकसित हुँदै आएको हो । यसलाई अझै बढि उपभोक्तामुखी, सिर्जनशील, आधुनिक एवं देशको लागि नै आर्थिक क्रियाकलाप र समृद्धिको सहयोगी बनाउन यसलाई कानूनी रुपमा नै व्यवस्थित एवं सुरक्षित बनाउनु पर्दछ । यस क्षेत्रबाट देशको आर्थिक, सामाजिक, साँस्कृतिक विकासको संवाहकका रुपमा रोजगारी वृद्धि एवं गरगहना निकासी गरि व्यापारघाटालाई न्यून गर्ने समेतको उपलब्धीहरु प्राप्त हुने सम्भावना छ । कच्चा पदार्थको रुपमा सुनको सहज आपूर्ति गर्ने, सरल र सहज रुपमा गरगहनाहरुको कारोबार गर्न सकिने ऐन, कानून, नियमावली, निर्देशिका बनाई दिनु पर्दछ । यसको लागि बर्षांैदेखि घच्घच्याउँदा पनि सम्बन्धित निकायले सुने पनि नसुने जस्तो गर्ने, सुरक्षित व्यवसाय गर्ने अवसर र वातावरण सृजना नगर्ने तर अनुसन्धान र छानबिनको नाममा जवरजस्तीपूर्वक कारबाहीको दायरामा ल्याई ब्यवसाय नै बन्द गराउँने जस्ता कार्यबाट महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । 
त्यसैले ऐन कानून बमोजिम संविधान र कानूनको दायरामा रहेर व्यवसाय, उद्योग व्यापार, पेशा गर्ने वातावरण बनाई, अनुसन्धान र छानबिनको नाममा आतंक फैलाउने कार्य बन्द गरियोस भनी यसै प्रेस बिज्ञप्ती मार्फत सम्बन्धीत सबै पक्षसँग महासंघ विनम्र अनुरोध गर्दछ । 
 धन्यवाद ।
मनोज कुमार साह
प्रवक्ता
नेपाल सुनचाँदी व्यवसायी महासंघ
नक्साल, काठमाडौं ।
फोन नं. ४४३२२७०÷४४३२२७१