Tel +977-1-4432270
10
Chaitra
2076
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
66015/-

TEJABI GOLD
per 10 grm

Nrs
65760/-

SILVER
per 10 grm

Nrs
617.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
77000/-

TEJABI GOLD
per 1 tola

Nrs
76700/-

SILVER
per 1 tola

Nrs
720/-

Notices:

Press Release

प्रेस विज्ञप्ति: कोरोना भाईसरसंग जुध्न नेपाल सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहायोग

Posted: 02 April, 2020



 
काठमाडौं-
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । यस्तो बिषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुममा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ । नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम एवं स्वास्थ्य कर्मीहरुको अथक प्रयासले हाल सम्म मानवीय संकट आई सकेको छैन । यसका लागि नेपाल सरकार तथा यो रोगसंग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई नेपाल सुनचाँदी ब्यवसायी महासंघ हार्दिक धन्यवाद समेत दिन चाहन्छौं । 
विश्वव्यापीरुपमा निम्तिएको एस किसिमको महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोरोना भाईरस ९ऋयखष्म(ज्ञढ० संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५,००,००० (पन्ध्र लाख) रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता महासंघको तर्फवाट ब्यक्त गर्दछौं । साथै यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि महासंघले सरकारसँग हातमा हात मिलाउँदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदछौं ।
यस्तो नाजुक अवस्थामा महासंघ मानवीय संकट आउन नदिन प्रतिवद्ध रहेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामाग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको छ । यो संकटको घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न महासंघ प्रतिवद्ध रहेको पुनः दोहो¥याउन चाहन्छौ ।
विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षती भईरहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेसिक तथा स्थानीय सरकारसंग थप समन्वय तथा प्रभावकारीताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्न महासंघ सवैसंग हार्दिक आग्रह गर्दछ । यस्तो विसम परिस्थितिमा आफ्ना जिल्ला तथा नगर सदस्यहरुलई पनि सक्दो सहयोग गर्न आग्रह गर्दछौं ।
अन्त्यमा, यस विपत्को घडिमा अहोरात्र खटेर साथ दिनुहुने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत हामी बिशेष धन्यवाद दिन चाहन्छौं ।