खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
Date: Mar 26, 2023
काठमाडौं ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालmयका सचिव मधु मरासिनीले खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनको कार्यगर्न निजी क्षेत्रलाई दिनकालािग आवश्यक कानूनी प्रावधान गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतवार गएको महासंघको प्रतिनिधीमण्डलसँग कुरागर्दै सचिव मरासिनीले निजी क्षेत्रले गर्न चाहेको र गर्न सक्ने कामगर्न वाटो खुल्लागर्न सरकारले कन्जुस्याइँ नगर्ने बताउनुभयो ।
‘तपाइँहरुले गर्न सक्ने कामहरु के के हुन् तीनीहरुलाई सीचवद्ध गरेर प्रश्तान दर्तागर्नुहोस्, त्यसकालागि वाटो खुल्ला गरिदिन हामी सहयोग गर्छौं,’ सचिव मरासिनीले भन्नुभयो ‘निजी क्षेत्रले र्ग सक्ने काम छ भने त्यसकालागि वाटो रोक्नुपर्ने के नै कारण छ र ?’
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले विभिन्न किसिमका कानूनी ब्यवधानकाकारण गर्न चाहेर पनि गर्न नसकेका धेरै कामहरु भएको भन्दै विद्यमान कानूनी अड्चनहरु हटाउन आग्रह गर्नुभयो । त्यसक्रममा उहाँले बजारको आवश्यकता अनुसार कच्चा पदार्थ आयातको ब्यवस्था मिलाउन, सुन आपूर्तिकालागि निजी क्षेत्रलाई पनि वाटो खुल्लागर्न, सुनचाँदी कारोबारकालागि प्रष्ट मापदण्ड लागुगर्न र ब्यवसायीलाई अनावश्यक दुःख नदिई निर्वाधरुपमा ब्यवसाय सञ्चालनको वाटो खुल्लागर्न पनि सचिव मसारिनीसँग आग्रह गर्नुभयो ।
भेटका क्रममा महासंघका तर्फवाट सभाषद् एवं महासंघका सल्लाहकार रणेन्द्र वराइली, उपाध्यक्षद्धय दियेश रत्न शाक्य र महेन्द्ररत्न शाक्य लगायतको उपस्थिति थियो ।
More Albums
FENEGSIDA 2nd AGM Held in Chitwon, at Hotel SEVEN star , Sauraha. On 2071 Falgun 1 & 2 B.S. (2015/02/13 and 15 AD) Organized by Nepal Gold and silver Dealers As ...
Bangkok Fair Visitors See off Program at Fenegosida ...
Press Meet of Bangkok Fair ...
नेपाल सुनचाँदी व्यवासायी ...
बाँके सुनचाँदी व्यवसायी स ...
प्रथम साधारण सभा तथा राष्ट ...
19th AGM held on 2067/09/24 at Shankhar Hotel, Lazimpat, Kathmandu. ...
15th Annual General Meeting of Kavre Branch held on 2067 Poush 13 at Hotel Beautiful, Palanchowk, Kavre. ...