Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

Press Release

चोरी र लुटपाटका घटना बढेकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण

Posted: 27 April, 2022



काठमाडौं ।
देश निर्वाचनको माहौलमा होमिएको बेला चोरी र लुटपाटका घटना बढ्न थालेकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण भएको छ । यही बैशाख १२ गते सोमबार राती बुटवल उप–महानगर पालिकाको मध्यबजार अमरपथ विपि चोक वडा नं ६ स्थित दिलवहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल चोरी भएकोमा गंभिर चासो ब्यक्त गर्दै पुनः यस किसिमका घटना दोहोरिन नदिन गृह प्रशासनसँग माग समेत गर्दछ ।
कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल छेवैको गल्लीबीचको सटर भाडामा लिई फेन्सी पसल सञ्चालन गर्दै आएका व्यक्तिले सो पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी गरेको छ । पिडितका अनुसार सो पसलवाट पाँच करोड बराबरको धनमाल चोरी भएको छ । गरगहना चोरी गरी फरार रहेका ब्यक्तिको खोजीगरी कारवाही गर्न महासंघ जोडदार माग गर्दछ ।
सुनचाँदी ब्यवसाय आफैंमा संवेदनशील ब्यवसाय हो । यस ब्यवसायको क्षेत्रमा बारम्वार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ । हाल मुलुक नै निर्वाचनको माहौलमा होमिएका बेला चोरी र लुटपाटका घटनाहरु झनै बढ्न सक्ने भएकोले यसतर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सम्वद्ध निकायसँग महासंघ जोडदार माग गर्दछ । 
मनोज कुमार साह
प्रवक्ता नेपाल सुनचाँदी ब्यवसायी महासंघ