Tel +977-1-4532270
11
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116170/-

TEJABI GOLD
per 10 grm

Nrs
115610/-

SILVER
per 10 grm

Nrs
1423/-

FINE GOLD (9999)
per 1 tola

रु
135500

TEJABI GOLD
per 1 tola

रु
134850

SILVER
per 1 tola

रु
1660

Notices:

Recent News

ब्यवसायीक हक अधिकारको सुनिश्चितताकालागि दत्तचित्त भएर लाग्न आग्रह

Posted: 07 February, 2021



ब्यवसायीक हक अधिकारको सुनिश्चितताकालागि दत्तचित्त भएर लाग्न आग्रह
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीक हक अधिकारको सुनिश्चितताकालागि दत्तचित्त भएर लाग्न सम्पूर्ण सुनचाँदी ब्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । पर्सा सुनचाँदी ब्यवसायी संघको माघ २३ गते शुक्रबार वीरगंजमा शुरु भएको छैठौं र सातौं साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटनका अवसरमा प्रमूख अतिथिको आशनवाट वोल्दै महासंघका अध्यक्ष शाक्यले कोभिड १९ को संक्रमणले ब्यवसायमा उत्पन्न समस्याहरुको निकारकरणकालागि महासंघभले पहल शुरु गरिसकेको बताउनुभयो । 
ब्यवसायीहरुको आवश्यकता अनुसार कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्थाकालागि पहल भैसकेको उल्लेख गर्दै अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायीले झेल्दै आएको नीतिगत समस्याको सिमाधानकालागि पनि महासंघले आवश्यक पहल गरिरहेको बताउनुभयो । 
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष एवं कार्यक्रमका बिशिष्ट अतिथि प्रेमलाल महर्जनले ब्यवसायीक हक अधिकारको उपभोग गर्दा उपभौक्ता अधिकारलाई पनि उत्तिकै महत्वकासाथ हेरिनुपर्ने धारणा राख्नुभयो । 
त्यसक्रममा महासंघका उपाध्यक्ष दियेस रत्न शाक्य, प्रदेश नं २ का संयोजक रामजी शाह, शिव सर्राफ, सुविन बज्राचार्य, प्रकाश शाक्य लगायतले ब्यवसायका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष निरज कुमार सर्राफको अध्यक्षतामा भएको थियो ।