Tel +977-1-4532270
20
Magh
2079
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
90965/-

TEJABI GOLD
per 10 grm

Nrs
90535/-

SILVER
per 10 grm

Nrs
1170/-

FINE GOLD (9999)
per 1 tola

रु
106100

TEJABI GOLD
per 1 tola

रु
105600

SILVER
per 1 tola

रु
1365

Notices:

Recent News

ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह

Posted: 23 January, 2023



ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
 
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले शोमबार गृहमन्त्रालयमा मन्त्री लामिछानेसँग भेटगरी सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानमा बिषयमा जानकारी गराएको हो ।  
मन्त्री लामिछानेसँगको भेटकाक्रममा महासंघका अध्यक्ष शाक्यले शान्ति सुरक्षाको प्रभावकारी ब्यवस्था मिलाउन, सुनचाँदी ब्यवसाय सञ्चभालन सम्वन्धी आवश्यक कानून निर्माणकालागि पहलगर्न र कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था मिलाउने वातावरण सुनिश्चित गर्न उहाँसँग आग्रह गर्नुभएको थियो । 
त्यसक्रकममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने ब्यवसायीले राखेका बिषयहरुलाई आफूले गंभिररुपमा लिएको  र समस्या समाधानका लािग सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री लामिछाने सँगको भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्ष द्धय विपिन रामुदामु र महेन्द्र शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको उपस्थिति रहेको थियो  ।