Tel +977-1-4532270
6
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
118830/-

TEJABI GOLD
per 10 grm

Nrs
118270/-

SILVER
per 10 grm

Nrs
1479/-

FINE GOLD (9999)
per 1 tola

रु
138600

TEJABI GOLD
per 1 tola

रु
137950

SILVER
per 1 tola

रु
1725

Notices:

Recent News

सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न माग

Posted: 22 February, 2023



सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न माग
 
 
काठमाडौं ।
 
देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित तीनवटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग वुधबार उहाँकै कार्यकक्षमा भेटगरी गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको प्रतिनिधीमण्डलले यस्तो आग्रह गरेको हो ।
 
तीनवटै महासंघको संयुक्त प्रतिनिधीमण्डलले ब्यवसायीहरुको मागलाई राज्यले सम्वोधन नगरे ब्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने चेतावनी समेत दिएका छन् । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायवाट यसको सुनुवाई नभएको भन्दै उनीहरुलले यसप्रति असन्तुष्टि समेत जनाए ।
 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको आरोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताउनुभयो । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका ब्यवसायीक झन्झट र ब्यवधान उत्पन्न हुने जस्ता समस्या आएको बताउनुभयो ।  त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आआफ्नो तर्फवाट ब्यवसायिका समस्या जानकारी गराउनुभएको थियो ।
 
उपप्रधान तथा अर्थमन्त्री पौडलले त्यसक्रममा ब्यवसायीका समस्याहरुलाई आफूले गंभिररुपमा लिएको र ती समस्याको समाधानकालागि आवश्यक पहलm गर्ने आश्वासन दिनुभयो । उहाँले ब्यवसायीले राखेका समस्याको आफूले अध्ययनगरी त्यसको समाधानकालागि आवश्यक पहल गर्ने बताउनुभयो । भेटका क्रममा तीनवटै महासंघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।