Tel +977-1-4532270
21
Poush
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
227195/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4016.50/-

FINE GOLD (9999)
per 1 tola

रु
265000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4685

Notices:

Recent News

बजारको माग अनुसार सुनको कोटा बढाउन तयार छौंः आपूर्तिमन्त्री रिजाल

Posted: 17 August, 2023



बजारको माग अनुसार सुनको कोटा बढाउन तयार छौंः आपूर्तिमन्त्री रिजाल
 
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनु भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा २०८० साउन ३१ गते बुधबार उहाँकै कार्यकक्षमा गएको महासंघको प्रतिनिधीमण्डलसँगको भेटका क्रममा मन्त्री रिजालले मुलुकको अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थिति समेत अहिले सकारात्मक रहेकोले विद्यमान आपूर्ति कोटामा वृद्धि गर्न कुनै कठीनाई नभएको बताउनु भयो । 
सुनचाँदी ब्यवसायमा आवद्ध ब्यवसायीहरु सुनचाँदी ब्यवसायको ब्यवस्थापनका लागि विगत देखि नै उठाउँदै आएको यस सम्वन्धी बिधेयकको मस्यौदाका बिषयमा पनि उहाँले आपसी छलफलवाट त्यसलाई निश्कर्षमा पुर्याउन सकीने बताउनुभयो । ब्यवसाय सञ्चालन गर्ने प्रष्ट ऐनको अभावमा लामो समयदेखि रुमल्लिँदै आएका ब्यवसायीहरुले विभिन्न सरकारी निकायसँगको समन्वय र सहकार्यमा यो तयारी शुरु गरिरहेका वेला मन्त्री रिजालले त्यस बिषयमा छलफल गरेर अगाडि बढ्ने धारणा ब्यक्त गर्नुभएको हो ।  ।
मन्त्री रिजालसँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालन सम्वन्धी ऐनको अभावमा धेरै किसिमका समस्या आएको उल्लेख गर्दै सरोकारवाला सवै पक्षलाई फाइदा पुग्नेगरी ऐन ल्याउन आवश्यक भएको बताउनुभयो । त्यसका लागि सहयोग गर्न ब्यवसायीहरु तयार रहेको उहाँको भनाई छ ।
 
 
 
छलफलका क्रममा सहभागी विभिन्न क्षेत्रका ब्यक्तिहरुले सुनचाँदी ब्यवसायको ब्यवस्थापन गर्ने बिधेयक र त्यसमा समेटिनुपर्ने बिषयवस्तुको बारेमा मन्त्री रिजालको ध्यानाकर्षण गराउनु भएको थियो । साथै उहाँहरुले कच्चा पदार्थको अभावमा ब्यवसायीले धेरै अप्ठ्यारो झेल्नु परेको उल्लेख गर्दै तत्काल सुनको आयातमा विद्यमान कोटा वृद्धिगर्न माग गर्नुभएको थियो । 
भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य, बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष महेन्द्ररत्न शाक्य, केन्द्रिय सदस्य निरज सर्राफ र मधेश प्रदेशका महासचिव प्रवेश कुमार सर्राफ लगायतको उपस्थिति रहेको थियो ।