Tel +977-1-4532270
17
Poush
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
222565/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3785/-

FINE GOLD (9999)
per 1 tola

रु
259600

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4415

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता

Date: Aug 01, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा साउन १७ गते आइतबार आयोजित एक समारोहका वीच महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । दुई संस्थावीच भएको यो सम्झौता पश्चात सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् । यो सम्झौता पश्चात अव सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरु मार्फत रकम भुक्तानी गर्न थप सहज हुनेछ । यसले उपभोक्ता र ब्यवसायी दुपै पक्षलाई फाइदा पुग्ने बिश्वास लिइएको छ । यसकालागि गेटवे पेमेण्ट नेपालले सहजकर्ताकोरुपमा काम गर्ने छ । यो सम्झौता वाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरगहनाको विक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणाली मार्फत सहजै गर्न सकीने भएकोले यो प्रणाली ब्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुन सक्ने महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । गेटवे पेमेण्ट नेपालका सल्लाहकार श्रेष्ठका अनुसार यो प्रविधिले ब्यापार ब्यवसायगर्न थप सहज हुने र यसले ब्यवसायीहरुलाई आत्मनिर्भर वनाउन सघाउने छ । नेपाल सुनचादी ब्यवसायी महासंघ देशभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । यस्तै गेटवे पेमेण्ट नेपाल नेपाल राष्ट्र बैंकवाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनि हो ।



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनठ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तà ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी बॠ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमà ...