Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व

Date: Feb 08, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाधिवेशन सम्पन्न भएको छ । २०७७ पुस २४ देखि २६ गते सम्म तीन दिन काठमाडौ भएको महाधिवेशनवाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित हुनु भएको छ । महासंघका अध्यक्ष मोहन सुनारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभा तथा महाधिवेशनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मनत्री एवं महासंघका सल्लाहकार कृष्ण गोपाल श्रेष्ठले गर्नुभएको थियो । त्यसक्रममा उहाँले एकतावद्ध भएर लाग्न ब्यवयायीलाई सुझाव दिनुभयो । आपसमा झिना मसिना विवाद भएपनि त्यसलाई भुलेर अगाडि बढ्न सक्नुपर्ने खाँचो औंल्याउँदै उहाँले महासंघलाई सक्षम र दरिलो बनाउन सुझाव दिनुभयो । ब्यवसाय सञ्चालनमा क्रममा कुनै समस्या देसिखएको भए त्यसको समाधानकालागि सरकार तयार रहेको वताउँदै उहाँले समस्याहरुलाई लिपिवद्ध गरेर ल्याउन आग्रह गर्नुभयो । साधारणसभा तथा महाधिवेशनको उद्घाटनका क्रममा नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर चिन्तिामणि सिवाकोटीले ब्यवसायीले उठाएका जायज मागहर पुरागर्न राष्ट्र बैंक तयार रहेको बताउनुभयो । खासगरी कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवसथा, टुक्रा सुनको वितरण लगायतका बिषयमा आफ्नो ध्यानाकर्षण भएको धारणा उहाँले ब्यक्त गर्नुभयो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ब्यवसायीले आफ्नो हक, अधिकार र जिम्मेवारीप्रीत निष्ठावान भएर लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । अकसैले पनि आफ्नो अधिकारको खोजी गर्दा अर्काको अधिकार रक्षागर्न तर्फ पनि सचेत हुनुपर्ने भनाई ब्यक्त गर्दै उहाँले ब्यवसायीक धर्म निर्वाहगर्नवट कहिल्यै नि चुक्न नहुने बताउनुभयो । त्यसक्रममा विभिन्न सरकारी निकायका प्रतिचनिधी तथा ब्यवसायीले आ आफ्नो धारणा राख्नु भएको थियो । महासंघका तत्कालिन अध्यक्ष मोहन कुमार सुनारको सभापतित्विमा सम्पन्न सो साधारणसभा तथा महाधिवेशनको उद्घाटनकाक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष (तत्कालिन वरिष्ठ उपाध्यक्ष) माणिक रत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साधारणसभा तथा महाधिवेशनको उद्घाटनमा अवसरमा विभिन्न सरकारी अधिकारी एवं ब्यवसायीले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो । साधारणसभा तथा महाधिवेशनको दोस्रो र तेस्रो दिन बन्द सत्र भएको थियो । महाधिवेशनवाट महासंघको अध्यक्षमा माणिक रत्न शाक्य निर्विरोध निर्वाचित हुनु भएको थियो । त्यसक्रममा सिङगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको थियो । त्यसक्रममा महासंघको वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनु भयो । उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित हुनु भएको छ । यस्तै एशोसिए्सस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित हुनु भएको छ । यस्तै महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्म निर्वाचित हुनभयो । प्रवक्तामा मनोज कुमार शाह निर्वाचित हुनु भएको छ । यस्तै सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित हुनुभयो । महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्था भए अहनुरुप यी सवै पदमा निर्विरोध भएको हो । साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गर्यो । जस अनुसार प्रश्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा वहादुर सुनार, महेन्द्र रत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहनुभएको छ । यस्तै प्रश्तावित सचिवमा केश वहादुर सुनार तथा प्रश्तावित सहकोषध्यक्षमा रमेशह रसाइली रहनु भएको छ । नयाँ ब्ष्यवस्थ अनुरुपअव महासंघमा ७७ जनाको कार्यसमिति रहने छ । संघीय संरचना अनरुप आफूलाई अगाडि बढाएको महासंघले यसअघि नै प्रदेशगतरुपमा नयाँ नेतृत्व चयन गरिसकेको थियो । केन्द्रिय नेतृत्वमा प्रत्येक प्रदेशवाट दुई÷दुई जनाकादरले १४ जना र बाँकी एक महिलासदस्य सहितका पदाधिकारी एवं सदस्यहरु केन्द्रिय तहवाट छनौट गर्ने ब्यवस्था विधानमा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको नेपाल भरिका सुनचाँदी ब्यवसायीहरुको छाता संगठन हो । मुलुकको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला÷नगर संघको अलावा एशोसिएट सदस्यहरु तथा वस्तुगत संघहरु यस महासंघमा आवद्ध रहेका छन । साधारणसभाका अवसरमा तीन जना सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । पुरस्कृत हुनेमा कान्तिपुर दैनिकवाट राजु चौधरी, इमेज च्यानल टेलिभिजनवाट नारायणी लामिछाने र अनलाइन खबर डट कमवाट नविन ढुङगाना रहनु भएको छ ।



More Albums
सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति ...

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल ...

आमस्मिक पदाधिकारी वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महसंघको आकस्मिक पदाधिक ...

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्ष ...

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
काठमाडौं सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट ...

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।
काठमाडौं- सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्ध ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वै ...

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न गभर्नर अधिकारीको आग्रह, भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...

सुनको आपूर्ति ब्यवस्था सहज वनाइने
???????? ? ??????? ??????? ?????? ????? ???? ????? ???? ? ?????? ????? ???????? ?? ????????? ? ?????????? ?????? ???? ? ? काठमाडौं । वि ...