Tel +977-1-4532270
10
Kartik
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
205675/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2555/-

FINE GOLD (9999)
per 1 tola

रु
239900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2980

Notices:

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन

Date: Feb 15, 2021
काठमाडौं सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट सर्वसम्मत भएका पदाधिकारीहरु र निर्वाचित सदस्यहरुको पदस्थापन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । पुष ११ गते तेस्रो अधिवेशनका दिनमा सर्वसम्मत चयन भएका अध्यक्ष राजेशमान वुद्धाचार्य, उपाध्यक्ष भविन्द्र विश्वकर्मा, दिपक घिमिरे, महासचिव चोक वहादुर गौतम ९तारा०, सचिव कमलमान सुनार, कोषाध्यष सोभितमान वुद्धाचार्य, सहकोषाध्यक्ष मंगलराज शाक्य सहसचिव सिता पन्थी ९विश्वकर्मा० र महिला सदस्य अञ्जिता लोहनी दियाली र माघ १७ गते निर्वाचन प्रकृयाबाट निर्वाचित सदस्यहरु महेन्द्र विश्वकर्मा, गणेश सुनार दुर्गा सुनार, टेक नारायण शाक्य, नितिन वज्राचार्य नरकुमार सुनार, राजकुमार वि।घिमिरे, राजेन्द्र वहादुर सुनार, जीवन सुनार, भिम वहादुर विश्वकर्मा र दुई जना मनोनित सदस्य दिनेशमान वुद्धाचार्य र सोम वहादुर विश्वकर्मा सहित २१ जनालाई निर्वाचन समितिका संयोजक हेमराज वरालले पद तथा गोपनियताको सपथ खुवाएर पदस्थापना गराएका थिए । सपथ ग्रहण कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यले सुन चाँदी व्यवसायलाई सफल बनाउन ४ खम्बे रोडम्याप अघि सारेको बताए । उपभोक्ता मैत्री व्यवसाय दक्ष कालिगढको प्रयोग, लगानीको सुरक्षा र व्यवसायिक एकताको रोडम्यापलाई देशव्यापी वनाउने वताउँदै अध्यक्ष शाक्यले भने सुनचाँदीमा सरकारले सिण्डिकेट लगाएर सरकारी बैंक मार्फत मात्र सुन किन्नु पर्ने वाध्यता रहेको बताए । सुनको माग दैनिक २५ किलो रहेकोमा सरकारले १० किलो मात्र दिने गरेको त्यसले गर्दा सुन कारोवारमा तस्करी, कालोवजारी मौलाउन वल पुगेको उनले वताए । चोरीको सुन किन्ने सुन पसललाई भरहेको कारवाहीको स्वरुप वदलेर देवानी संहिता अन्तरगत हुने बताउँदै वजार अनुगमन मापदण्ड बनाएर मात्र अनुगमन गर्ने सहमति भएको तर ७ वर्ष देखि अनुगमन कार्यनिधि मापदण्ड सरकारले नवनाएको र अनुगमन पनि नभएको अध्यक्ष शाक्यले वताए । पदस्थापन कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव वहादुर कोइराला, सुनचाँदी व्यवसायी संघ गण्डकी प्रदेश अध्यष चन्द्र किशोर गौतम, निवर्तमान केन्द्रीय सदस्य वुद्धि गहतराज व्यवसायी तथा पूर्व का।स।स। दशरथ सुनार लगायत वक्ताहरुले नयाँ कार्य समितिलाई सुझाव सहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष राजेशमान वुद्धाचार्यले आफ्नो कार्यकालमा गरिने कार्ययोजना विषयमा प्रतिवद्धता व्यक्त गरेका थिए । व्यवसायीलाई लेखा तालिम, कालिगढी तालिम दिने, हेल्प डेस्क राख्ने, कच्चा पदार्थ सहज आपूर्तिको व्यवस्था मिलाउदै व्यवसायीलाई पूर्ववत वनाउन पहल गर्ने लगायतका प्रतिवद्धता अध्यक्ष वुद्धाचार्यले व्यक्त गरेका थिए । निर्मल दियाली सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार अनिषा श्रेष्ठले गरेकिथिइन् ।



More Albums
काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...

4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...