सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
Date: Mar 31, 2021
काठमाडौं ।
सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेस गरिने भएको छ । सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं खानी उत्खनन जस्ता महत्वपूर्ण बिषयहरुलाई मुलुकको आवधिक योजनामा नै पारिने भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटकाक्रममा बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सुनचाँदी क्षेत्रको वृहत्तर विकास र विस्तार गर्दै यसैको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने गरी नीतिगत ब्यवस्था गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत ब्यवस्थामा समेट्नुपर्ने एजेण्डाहरुलाई लिपिवद्ध गर्न ब्यवसायीहरु लाई आग्रह समेत गर्नुभयो । बिश्व बजारमा सुनचाँदीको क्षेत्रमा उल्लेख्य रुपमा विकास र विस्तार भैसकेको चर्चागर्दै उहाँले नेपालमा पनि छिमेकी मुलुकहरुमा अवलम्वन गरिएका ब्यवस्थाहरुको अध्ययनगरी आवश्यकता अनुसार समेट्दै जान सकीने वताउनुभयो ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट नीतिको अभावमा सुनचाँली ब्यवसायमा धेरै समस्या आएको बताउनुभयो । सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट नीतिगत ब्यवस्था गर्दै कच्चा पदार्थको पर्याप्त आपूर्ति एवं कालिगढको सुनिश्चितता जस्ता कुराहरुमा ध्यान दिन सकीय यस क्षेत्रवाट राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । छलफलमा महासंघका विभिन्न पदाधिकारीहरुको समेत सहभागिता थियो ।
More Albums
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले महासंघमा आवद् ...
कठमाडौं ।
नेपाल भरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्थाको ...
काठमाडौं ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रम ...
काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक ...
काठमाडौं ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालmयका सचिव मध ...
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसाय ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना द ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाह ...
काठमाडौं ।
प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने न ...
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...