Tel +977-1-4532270
28
Ashoj
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
213050/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2850.50/-

FINE GOLD (9999)
per 1 tola

रु
248500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3325

Notices:

सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने

Date: Mar 31, 2021
काठमाडौं । सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेस गरिने भएको छ । सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं खानी उत्खनन जस्ता महत्वपूर्ण बिषयहरुलाई मुलुकको आवधिक योजनामा नै पारिने भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटकाक्रममा बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सुनचाँदी क्षेत्रको वृहत्तर विकास र विस्तार गर्दै यसैको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने गरी नीतिगत ब्यवस्था गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत ब्यवस्थामा समेट्नुपर्ने एजेण्डाहरुलाई लिपिवद्ध गर्न ब्यवसायीहरु लाई आग्रह समेत गर्नुभयो । बिश्व बजारमा सुनचाँदीको क्षेत्रमा उल्लेख्य रुपमा विकास र विस्तार भैसकेको चर्चागर्दै उहाँले नेपालमा पनि छिमेकी मुलुकहरुमा अवलम्वन गरिएका ब्यवस्थाहरुको अध्ययनगरी आवश्यकता अनुसार समेट्दै जान सकीने वताउनुभयो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट नीतिको अभावमा सुनचाँली ब्यवसायमा धेरै समस्या आएको बताउनुभयो । सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट नीतिगत ब्यवस्था गर्दै कच्चा पदार्थको पर्याप्त आपूर्ति एवं कालिगढको सुनिश्चितता जस्ता कुराहरुमा ध्यान दिन सकीय यस क्षेत्रवाट राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । छलफलमा महासंघका विभिन्न पदाधिकारीहरुको समेत सहभागिता थियो ।



More Albums
काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...

4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...