Tel +977-1-4532270
26
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
163580/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1680.50/-

FINE GOLD (9999)
per 1 tola

रु
190800

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1960

Notices:

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड

Date: Aug 03, 2021
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका काठमाडौं । गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी ब्यवसाय सञ्चालनमा क्रममा देखापर्ने समस्याहरुलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा मन्त्री खाँडले ब्यवसाय सञ्चालनकाक्रममा देखिने जुनसुकै समस्या समाधानकालागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो । मुलुकको कानूनले तोकेको सिमाभित्र रही कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा सञ्चालनगर्न पाउनु सवैको अधिकार हो, मन्त्री खाँडले भन्नुभयो ‘यसरी ब्यवसाय सञ्चालन गर्दा कहीँ कतै वाट समस्याहरु आइपर्छन् भने त्यसालई हटाउन हामी तयार छौं ।’ सुनको खरिद विक्री, ओसार पसार, गरगहनाको निर्यात जस्ता कार्यहरु गर्दा कहीँ कतैवाट अप्ठ्यारो पर्न नहुने भन्दै उहाँले ब्यवसाय सञ्चालनका दौरानमा अनावश्यक झन्झट र समस्इया आएमा त्यसको निराकरणकालागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । गृहमन्त्री खाँडसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । ब्यवसायीले तोकिएको प्रकृया पुरा गरेर खरिद गरेको सुन ओसार पसार गर्दा पनि अनावश्यकरुपमा झमेला ब्यहोनु पर्ने, सुन खरिद विक्रिका क्रममा अनावश्यक झन्झटहरु आइपर्ने, अनाहकमा ब्यवसायीलाई दुःख दिइने र झटा मुद्धाहश्रु लगाइने जस्ता समस्याहरुको बारेमा मन्त्री खाँडलाई जानकारी गराउनु भएको थियो । यस्तै दिनदाहाडै ब्यवसायीको हत्यागर्ने, चोरी र लुटपाट गर्ने जस्ता घट्नाहरु बढ्दै गएकोमा पनि उहाँले गृहमन्त्री खाँडको ध्यानाकर्षण गराउँदै ब्इवसायीलाई महशुस हुनेगरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभएको थियो । मन्त्री खाँडसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।



More Albums
ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर व ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बि ...

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक सा ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब्यवसायी संघको आठौं वार्षिक सा ...