सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
Date: Mar 04, 2021
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए । बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहनगर्न सक्ने तर्फ सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याए ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गर्नुभयो । उहाँले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गर्नुभयो । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।
यसैवीच नेपाल सुनचाँदी ब्यवासयी महासंघको ८ औं स्थापना दिवस बिहीबार सम्पन्न भएको छ । महासंघको कन्द्रिय कार्यालय, सातैवटा प्रदेश र सवै जिल्लामा विभिन्न कार्यक्रमगरी सो दिवस मनाइएको हो ।
More Albums
काठमाडौं । लमजुङ सुनचाँदी ब्यवसायी संघको नवौं स्थापना दिवस ...
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभ ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक ...
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालाग ...
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचा ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैन ...
काठमाडौं ।
तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक सा ...
काठमाडौं ।
सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक ...
काठमाडौं – सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहा ...
काठमाडौं ।
बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यव ...